Publi Readers
All about truth & reality in surrounding & in universe.

टोकियो पारा ओलम्पिकको औपचारिक उद्घाटन

165

९ भभदौ, काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो ।

टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी नभए पनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ ।

सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । विश्वभरबाट करिब साढे चार हजार खेलाडीले २२ खेलको ५३९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटनमा नेपालको झण्डा पलेशा गोवर्धनले बोकेकी थिइन् । उनी यसपटक नेपालबाट भाग लिने एक्ली खेलाडी हुन ।

उनले तेक्वान्दोको के ४४ विधाको ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा भदौ १८ गते रहेको छ ।

फोटो : ओलम्पिक २०२०

Leave A Reply

Your email address will not be published.