सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु पनि निर्वाचन आयोगमा
काठमाडौँ : नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।
निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ । प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।
नयाँ दल दर्ताकै लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादीका नेताहरु यसअघि नै आयोग पुगिसकेको छन् । आयोगले सनाखतका लागि एकीकृत समाजवादी र लोसपा दुवैलाई आज बोलाएको थियो ।