भारतले धान र चामल मा २० प्रतिशत भन्सार बढायो, बीरगन्ज उघोग वाणिज्य संघले फिर्ता लिन गर्यो आग्रह
बीरगन्ज / भारत सरकार ले आज देखि धान तथा चामल को को निर्यात मा २० प्रतिशत भन्सार दरबन्दी बढाएको छ । भारत सरकार ले धान र चामल मा बढाएको २० प्रतिशत दरबन्दी को बीरगन्ज उघोग वाणिज्य संघ विरोध गर्दै शुन्य भन्सार शुल्क कायम गर्न माग गरेको छ ।
बीरगन्ज उघोग वाणिज्य संघ ले आज पत्रकार सम्मेलन को आयोजना गरि निर्यातमा २० प्रतिशत को भन्सार दरवन्दी खारेज गर्न आग्रह गरेको छ । बीरगन्ज उघोग वाणिज्य संघ का अध्यक्ष सुबोध गुप्ता ले भारत सरकारले भंसार विभागबाट जारी भएको उक्त परिपत्र अनुसार धान, चामलमा २० प्रतिशत भंसार शुल्क कायम गरे पनि नेपालको लागि धान शुन्य भंसार शुल्क कायम गर्न भारतीय पक्षमा सङ्घ आग्रह गर्नु भएको छ । उहाँ ले नेपाल सरकारका सम्बद्ध निकायहरुलाई धान भारतबाट आयात गरिँदा शुन्य भंसार शुल्क कायम गराउन आवश्यक पहल गर्नको लागि अनुरोध गर्नु भएको छ ।
गत वर्ष मात्रै साढे पाँच लाख मे.टन धान, ५ लाख २० हजार मे.टन चामल र ५० हजार मे.टन कनिका आयात गरिएको थियो । भारतले २० प्रतिशत भंसार शुल्क लागु गरेकोले गत वर्ष आयात भएको धान, चामल र कनिकाको मूल्य बराबरको मूल्य वृद्धि हुने निश्चित देखिन्छ । त्यस्तै वियर, रक्सी उत्पादन गर्ने उद्योगहरुले कनिका आयात गर्ने र ब्वाइलर सञ्चालन गर्ने उद्योगहरुले भुस आयात गर्ने गरेकोले यस्ता उद्योगहरुमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ ।