Publi Readers
All about truth & reality in surrounding & in universe.

एमाले पर्सा क्षेत्र न १ ले सिफारिस गर्यो ३ जना ।

426
  1. बीरगन्ज / नेकपा एमाले को केन्द्रिय निर्देशन अनुसार जिल्ला को क्षेत्रहरुले उम्मेदवार को सिफारिस गर्न सुरु गरेको छ । नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय समन्वय कमिटीको को बैठक आज सम्पन्न भएको छ । क्षेत्रीय संयोजक लालबाबु शेष को अध्यक्षतामा र जिल्ला इन्चार्ज प्रभु हजरा को प्रमुख आतिथ्य मा सम्पन्न बैठक ले पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा उम्मेदवार मा बसरुदिन अंसारी , जुनैद अंसारी , इस्लाम हवारी गरि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी
    समानुपातिक तर्फ प्रभु हजरा, निर्मला देवकोटा , विशम्भर कुमार शर्मा , बाबुराम कौसिक , उर्मिला श्रेष्ठ , मेघराज पासवान , श्याम बन्जारा , केसि लामिछाने , उर्मिला शर्मा , रन्जु फुयाल समेत को नाम सिफारिस गर्ने सर्वसम्मतिले निर्णय गरिएको बीरगन्ज महानगर कमिटी का सचिव सुन्दर कुर्मी ले जानकारी गराउनु भएको छ ।
Leave A Reply

Your email address will not be published.