ओमान बाट आएको यूरिया मल मंगलबार देखि पर्सा जिल्लामा वितरण हुने प्रवक्ता – आलोक कुमार
नितेश कर्ण
वीरगञ्ज ३० श्रावण
वीरगञ्ज महानगरपालिका ले नियन्त्रण मा लिएको कृषि समाग्री संस्था को ४ वटा गाडी आज छोडेको छ । वीरगञ्ज महानगरपालिका र कृषि समाग्री संस्थान वीरगञ्ज कर्यालय बिच भएको ४ बुदे सहमति पछि सोमबार वीरगञ्ज महानगरपालिका गाडी छोडेर हो ।
आईतबार कृषि समाग्री संस्था लिमिटेड को वीरगञ्ज वाडा नं १६ भुटनदेवी मा रहेको गोदाम बाट मल लोड गरेर सर्लाही को लागि एउटा, ढल्केवर का लागि २ बाटा र पोखरा को लागि एउटा,गरि चार वटा यूरिया लोड गरेको ट्रक किसान हरूले नियन्त्रण मा लिएर वीरगञ्ज महानगरपालिका लाई बुझाएको थियो ।
वीरगञ्ज महानगरपालिका देशको मुख्य नाका भएको र यस कर्यालय ले १६ वटा जिल्लाहरू मा पठाउने गरेको छ । सोहि क्रममा आइतबार किसान हरूले नियन्त्रण मा लिएको मल वीरगञ्ज महानगरपालिका लाई बुझाएको थियो, र तत्काल का लागि छोडने र ढोवानिमा सहजिकरण गर्ने वीरगञ्ज महानगरपालिका सँग सहमति भएको, कृषि समाग्री संस्था लिमिटेड प्रदेशिक कार्यालय का प्रवक्ता आलोक कुमार ले बताए ।
वीरगञ्ज महानगरपालिका ले दश हजार बोरा मल माग गरेको र तत्तकाल का लागि ६ हजार बोरा उपलब्ध गराउने र अर्को लट मल आए पछि चार हजार बोरा उपलब्ध गराउने सहमति भएको वीरगञ्ज महानगरपालिका का प्रमुख, राजेश मान सिंह ले बताउनुभयो ।
।