Publi Readers
All about truth & reality in surrounding & in universe.

ओमान सरकार बाट खरिद गरिएको यूरिया मल वीरगञ्ज सुक्खा बन्दरगाह पहिलो लट आई पुग्यो

121

वीरगंज, १९ साउन

ओमानबाट खरीद गरिएको ३० हजार मेट्रिक टन युरियामध्ये पहिलो खेपमा २५ सय मेट्रिक टन मल बिहीवार वीरगंज आइपुगेको छ ।

सरकारले ओमान सरकारसँग ३० हजार मेट्रिक टन युरिया खरीद गर्ने सम्झौताअनुरूप पहिलो खेपमा २५ सय मेट्रिक टन मल आइपुगेको कृषि सामग्री कम्पनी लि., प्रादेशिक कार्यालय, वीरगंजले जनाएको छ ।

कोलकाताबाट श्रीसिया सुक्खा बन्दरगाह, वीरगंजमा बिहीवार मल आइपुगेको र थप अर्को खेप २५ सय मेट्रिक टन डेढ साताभित्र वीरगंज आइपुग्ने बताइएको छ । ३० हजार मेट्रिक टन मलमध्ये २२ हजार ५०० मेट्रिक टन सुक्खा बन्दरगाहमा आउने र बाँकी सात हजार ५०० मेट्रिक टन विराटनगर नाकाबाट भित्रिने बताइएको छ ।

 

आज आइपुगेको मलको गुणस्तर परीक्षणको लागि काठमाडौं प्रयोगशालामा पठाइएको र चार दिनपछि रिपोर्ट आउने कृषि सामग्री कम्पनी लि. प्रादेशिक कार्यालय, वीरगंजका प्रमुख चन्द्र चौलागाईंले बताए । कम्पनीको प्रादेशिक कार्यालयमार्फत मधेस प्रदेशका आठ जिल्लासहित वाग्मती प्रदेशका काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, गण्डकी प्रदेशका तनहुँ, पर्वतलगायत १६ जिल्लामा मलको आपूर्ति गर्दै आएको छ ।

अहिले आएको मल साउनको पहिलो सातामा आइपुग्ने कम्पनीले जनाए पनि आउन ढिलो भएको हो । अहिले पर्सेली किसानहरूले धान रोपाइँ सकेर गोडमेलसमेत गरिसकेका छन् ।

संभार : प्रतिक दैनिक

Leave A Reply

Your email address will not be published.