Publi Readers
All about truth & reality in surrounding & in universe.

वीरगञ्ज भन्सार कार्यालयको गेट अगाडि बाट तस्करी को लाईन खुल्यो (फोटो फिचर सहित )

312

नितेश कर्ण

श्रावण १३ वीरगञ्ज

पर्सा जिल्ला पछिल्लो समय लागुऔषध तथा बिभिन्न समान ओसारपसार ,  हुन्डी कारोबार को ट्रनजिकट बन्दै गएको पाईन्छ ।
सिमा क्षेत्रमा भन्सार छलि तथा अवेध कृय कलाप रोक्न   व्यापक रूपमा शसस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ । सिमा क्षेत्रको सुरक्षा गर्न तथा अमानवीय गतिविधि रोक्न  सिमा नाका मा र शास्त्र प्रहरी तथा नेपाल प्रहरी खटेको पाईन्छ ।


पर्सा जिल्लामा त सरकारको नियम  मिच्दै शसस्त्र प्रहरी को पोस्ट भन्दा अगाडि नेपाल प्रहरी को सिमा चैकी समेत बनाईएको छ । वीरगञ्ज रक्सौल जोडने मितेरी पुल देखि  रजत जयन्ती चैक सम्म ४ ठाउँमा चेकजाँच हुने गर्दछ । पुल छेउमा शसस्त्र प्रहरीको टोली खटेको देखिन सकिन्छ भने शंकराचार्य गेट निर नेपाल प्रहरी खटिएको देखन सकिन्छ फेरि त्यस्तै वीरगञ्ज भन्सार कार्यालय को अगाडी शसस्त्र प्रहरी खटिएको देखिन्छ भने रजत जयन्ती चैक भन्दा १०० मिटर एतै  नेपाल प्रहरी को चेकपोष्ट देखिन सकिन्छ ।

एति खेर पर्सा को मुख्य नाका वीरगन्ज भन्सार कार्यालय गेट हुदै प्रहरी प्रसासन तथा भन्सार कर्मचारी लाई को नजरना छेउमा रहेको पान पसल तथा नस्ता पसल मा राखन लगाउने गरेको एक जना तस्कर ले बताएका छन् । पर्सा तथा बारा जिल्ला को बिभिन्न नाका हुदै दिन भरी , किराना समान, हाडवेयरका समानहरू, कपडालता मोवाईल को पाट्स तथा कबाड को तस्करी खुलियाम हूने गरेको देख्न सकिन्छ।

  त्यसतै पर्सा र बारा जिल्ला तथा भारत सँग जोडिएको बलिराम पुर बाट एतिखेर कबाड को तस्करी फस्टाएको देखिन्छ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्ला प्रहरी कार्यालय पर्सा ले २३९,६७०,०३५ रकम  बराबर को समान नियन्त्रण मा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया तथा वीरगञ्ज भन्सार कार्यालय मा बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा का तथ्याङ्क अनुसार किराना समाग्री ३५,३०२,५०४ /- बिधुतिय समाग्री ७,७३२,२९० /-   सवारी साधन र पाटपुर्जा १०२,६३०,४८३ /- लत्ताकपडा, फेन्सी तथा समान ९२,८७९,९५४ गरि कुल २३८,५३५,२३१ बराबर को समान नियन्त्रण मा लिएर वीरगञ्ज भन्सार कार्यालय मा बुझाएको छ ।
त्यसतै ५४ ग्राम ७९४ मिलिग्राम सुन प्रहरी ले गत आर्थिक वर्षमा नियन्त्रण मा लिएको छ भने १४ किलो १४२१ ग्राम २७० मिलिग्राम चाँदी नियन्त्रण मा लिएर कुल  ६३७,९७७ बराबर को समान राजस्व अनुसन्धान कार्यालय पथलैया मा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता पह्लाद कार्की ले बताए ।
उनका अनुसार ५६ जना मानिस पक्राउ गरेका छन् भने ६१ वटा सबारी साधन पक्राउ गरेर नियन्त्रण मा लिएका छन् ।

Leave A Reply

Your email address will not be published.