ठुटे खोला मा आएको बाढिले २० मिटर जमिन गर्यो कटान
नितेश कर्ण
श्रावण ५, पर्सा
बुधबार बेलुका देखि बिहिबार बिहान सम्म परेको अविरल वर्षका कारण पर्सा जिल्लाको ठोरी गाउँ पालिका मा नेपाल भारत छुट्याउने ठुटेखोलामा आएको बाढिले माटो कटान गरेको छ । ठुटे खोला मा आएको बाढीका कारण पर्यटकीय क्षेत्रको रुपमा घोषणा भएको पर्साको ठोरी गाउँपालिका वडा न२अन्तर्गत पर्ने राईधारा पिकनिक स्पोर्ट ,गणेशमान स्मृति पार्क, हुलाकी राजमार्ग ,बसपार्क ,बजार क्षेत्र बाढीले कटान गरि सो क्षेत्र जोखिममा पर्ने सम्भावना रहेको छ।