सिमा क्षेत्र बाट तस्करी मा बृद्धि घटयो भन्सार राजस्व ( फोटो सहित )
नितेश कर्ण
बीरगन्ज ५ श्रावण
पर्सा जिल्ला मा तस्करी मा व्यापक वृद्धि भएको छ । पर्सा जिल्लाको मुख्य तथा ग्रामीण नाका हरुबाट तस्करी फस्टाएको देखिन्छ । पर्सा जिल्लाको मुख्य तथा ग्रामीण भेगबाट खाधान किराना सामान र लत्ताकपडा, चाईनिज स्याउ, माछा , कबाड तथा हाडवेयर को तस्करी बढी हुने गरेको छ ।
साँझ र राती मात्र होइन दिनभरी पोके तथा साईकल ई रिक्सा बाट तस्कर को ताती मेनरोड र बाकी सडक मा जो कोही ले पनि हेर्न सक्छन्। बीरगन्ज को विभिन्न स्थान मा लगाइएको सिसि क्यामरा मा पनि यत्तिकै यी तस्कर को ताती हेर्न सकिन्छ । सिमा को प्रहरी चौकी मात्र होइन वीर्ता वडा प्रहरी को कार्यालय अगाडी बाट पनि दिनभरी मा हजारौ पोके तस्करहरु निर्धक्क ले गैरहेका हुन्छन्।
पर्सा जिल्ला को मुख्य नाका इनर्वा , छपकैया, श्रिसिया, भकुवा, अलौ , झौवा , प्रसैनि भठ्ठा , अमरपट्टी , भिस्वा , खेसराहा, जानकिटोला , पिडेपुर, सबैठवा , टिउकि ,
लगायत को नाका हुन्दै भारतबाट नेपाल तर्फ खुलेयाम किराना समान सहित को अन्य सामग्री आयात भैरहेको छ ।
सरकारले सिमा क्षेत्रमा राजस्व चुहावट रोक्न तथा बोडर सुरक्षा का लागि पर्सा जिल्लामा प्रत्येक ३ देखि ५ किलोमिटर मा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट को स्थापना गरेको छ । बोडरमा सुरक्षा बढाए पनि चैरी पैठारी रोक्न सकेको छैन ।
सिमा क्षेत्रमा वोर्डर आउट पोष्टहरूले राजस्व चुरावट नियन्त्रण गर्नु को साटो एति खेर कमाउ धन्दामा बस्त भएको देखिन्छ ।
वोर्डर मा सशस्त्र प्रहरी र नेपाल प्रहरी को चौकी रहेको छ ।
सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट इनर्वा, श्रिसिया , ड्राइपोर्ट , अलौ, ईटियाही , प्रसौनि भाठ्ठा , पकहा, सबैठवा , बनजारी, मिरजाजुर , पिपलडाली गुठी तथा नेपाल प्रहरी तर्फ को इनर्वा, छपकैया , श्रिसिया भकुव, अंलौ, बिनदवासनी , अमरपट्टी , प्रसौनी खेसराहा, सबैठवा, भिस्वा , जानकिटोला लगाएतका प्रहर पोष्ट पर्ने गर्दछ ।
सिमा नाका बाट तस्करी मा बृद्धि भए पछि भन्सार को राजस्व संकलन मा कमि आएको छ ।