कर्पोरेट इन्फ्लुइन्सीयल लिडरशिप अवार्ड २०२२ बाट डा. सुवोध कुमार गुप्ता सम्मानित
बीरगन्ज / कर्पोरेट इन्फ्लुइन्सीयल लिडरशिप अवार्ड २०२२ बाट बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता सम्मानित भएका छन् ।
कर्पाेरेट मिडिया ग्रुपले आयोजना गरेको कर्पाेरेट बिजनेस अवार्ड २०२२ का अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. गुप्ता लाई उपराष्ट्रपति नन्द बहादुर पुनले अवार्ड प्रदान गरेर सम्मानित गरेका हुन् ।
उद्यमशिलताको क्षेत्रमा डा. गुप्ताले गरेको नेतृत्व प्रसंशनीय रहेको भन्दै उनले निजी क्षेत्रमा गरेको योगदानको मूल्यांकन गरेर उक्त अवार्डबाट सम्मानित गरिएको कर्पाेरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाहले बताए ।