बीरगन्जमा चिडियाखाना स्थापना गर्न मन्त्रालय ले बनायो उच्चस्तरीय कार्यदल , महानगर ले सिफारिस गर्यो सोलखपुर र रामवन
काठमाडौं । वन तथा वातावरण मन्त्रालय ले वीरगञ्जमा प्राकृतिक चिडियाखाना स्थापना को सम्भाव्यता अध्ययन गर्न मंगलबार ८ सदस्य कार्यदल गठन गरेका छ । वन तथा वातावरण मन्त्री प्रदीप यादव को अध्यक्षता मा उच्चस्तरीय बैठक ले बीरगन्ज मा चिडियाखाना को स्थापना को कार्य अधि बढाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा मधेश प्रदेशका वन निर्देशक, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भू संरक्षण विभागका सहायक वन अधिकृत सवनम पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ प्रतिनिधि सदस्य रहनेछन् । कार्यदल को सदस्य सचिव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा रहने छ्न्। कार्यद्ल को अवधि १० दिन दिइएको छ ।
चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बीरगन्ज महानगर पालिका ले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवन प्रस्तावित गरेको छ ।
उच्च स्तरीय बैठक मा मधेस प्रदेश को मुख्यमन्त्री लालवावु राउत, बीरगन्ज महानगर पालिका को मेयर राजेशमान सिंह, मन्त्रालय का सचिव डा.प्रेमनारायण कँडेल, सहसचिव धनञ्जय पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेल, वन तथा भू संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीलगायत मन्त्रालयका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिती थियो ।