हरि पन्त भारत नेपाल अन्तर्राष्ट्रिय पुरस्कारबाट बैशाली मा सम्मानित
वीरगञ्ज/ होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त भारत नेपाल अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित भएका छन् । मिडिया फोर बोर्डर हार्माेनीले शनिवार बिहार को बैशाली मा आयोजना गरेको नेपाल भारत समिट २०२२ मा पन्त सम्मानित भएका हुन् ।
कोरोना को संक्रमण महामारी को बेला कोरेन्टाइन सेवा, लकडाउन को बेला स्वास्थकर्मी लाई बस्ने खाने व्यवस्था मा महत्वोपुर्ण योगदान र सिमावर्ती शहर बीरगन्ज मा पर्यटन सेवा मा योगदान गरेको ले पन्तलाई सम्मानित गरेको आयोजक मिडिया फोर वोर्डर हार्मोनी ले जनाएको छ । पन्तले लामो समयसम्म बन्द रहेको नेपाल भारत सीमा नाका खोल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भारत नेपाल अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित भएका पन्त ले पर्यटन , नेपाल भारत सम्बन्ध र सामाजिक क्षेत्रमा झन बढी जिम्मेवारी निर्वाह गर्ने हौसला बढेको बताए ।