Publi Readers
All about truth & reality in surrounding & in universe.

भारतले सहमति विपरीत पुनः सुरु गर्यो महाकाली नदीमा पक्की तटबन्ध निर्माण

161

काठमाडौं ९ माघ

भारतले सहमति विपरीत पुनः महाकाली नदीमा पक्की तटबन्ध निर्माण गर्न सुरु गरेको छ । दार्चुला सदरमुकाम खलंगा बजारको पारीपट्टी भारतले तटबन्ध निर्माण गर्न लागकोे हो ।

भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन । भारतीय केन्द्रीय जल विभागले माघ ४ गते बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न नपाउने भएपनि भारतले आफूखुसी तटबन्ध निर्माण गरिरहेको हो । नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मौखिक रूपमा जानकारी माग्दा भारतीय पक्षले पुरानो तटबन्ध भत्काएर नेपालतर्फको जस्तै तटबन्ध बनाउन लागेको जनाएको छ ।

भारतले आफ्नो मनमानी ढङ्गले काम गरिरहेको थाहा पाउँदा पाउँदै पनि नेपाल सरकार मौन छ

Leave A Reply

Your email address will not be published.