स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट प्रताप श्रेष्ठ र विजय भण्डारी पुरस्कृत
बीरगन्ज १ माघ
नेपाल पत्रकार महासंघ पर्सा ले शनिवार स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार प्रताप श्रेष्ठ र विजय भण्डारी तुलसी लाई पुरस्कृत गरेको छ । कोरोना भाइरसको महामारीका कारण यसअघि वितरण गर्न नसकिएको हुँदा आज २०७७ र २०७८ सालको पुरस्कार एकै पटक वितरण गरिएको हो । प्रताप श्रेष्ठ प्रतिक दैनिकका सम्पादक हुन र विजय भण्डारी तुलसी राजधानी दैनिक र थाहा खबरमा आवद्ध छन्। दुई दशक बढी देखी पत्रकारिता मा दुवै पत्रकार क्रियाशिल छन्।
नेपाल पत्रकार महासंघ पर्साले पुर्व सभापति गोपाल गिरी को स्मृति मा विगत १७ वर्ष अधि स्व.गोपाल गिरीको स्मृतिमा स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना गरी पुरस्कृत गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारीको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नगद रु २५ हजारसहित दोसल्ला र सम्मान पत्रमार्फत पुरस्कृत गरेका हुन् ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले सक्रिय रुपमा पत्रकारिता गरीरहेको दुबै पुरस्कृत पत्रकार लाई बधाई दिन्दै पत्रकारहरुको प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, स्व.गोपाल गिरीका सुपुत्र वरिष्ठ पत्रकार गिरीश गिरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा , प्रेस काउन्सील का सदस्य लाल वावु शेष, पत्रकार महासंघ पुर्व मध्यमान्चल संयोजक वरिष्ठ पत्रकार महेश दास शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।