त्रिभुवन मा बि वीरगन्जमा स्वास्थ्य मापदण्ड विपरित परिक्षा संचिलन गरिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
वीरगंज, २९ पुस
त्रिभुवन हनुमान मावि वीरगन्जका विद्यार्थीहरूले कोरोना सङ्क्रमण बढिरहेको बेला पनि परीक्षा लिएको भन्दै प्रदर्शन गरेका छन् ।
विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको र आज दिउँसो १ बजेको परीक्ष्मा विद्यार्थीहरूले कोरोना सङ्क्रमण बढ्दा पनि परीक्षा सञ्चालन गरिएको भन्दै प्रध्यानाध्यापक विरोध प्रदर्शन गरेका थिए ।
कोरोना बढीरहदा अध्यवार्षिक परिक्षा रोका गर्ना बिध्यार्थी हरू माग गरिरहदा प्रध्यानाध्यापक ले आफुलाई प्रहरी मगाएर कुटपिट गर्न लगाएको विद्यार्थि हरूले बताएका छन् ।
प्रधानाध्यापकमाथि हातपात भएपछि वडा प्रहरी कार्यालय, बिर्ताको टोली गएर विद्यार्थीहरूलाई तितरबितर गरेको थियो । विद्यालयको विवादमा प्रहरी परिचालन गरेर दमन गर्न खोजेको भन्दै विद्यार्थीहरूले पुनः प्रदर्शन गर्दै घण्टाघरमा सडक अवरोध गर्न खोजेका थिए । त्यहाँ पनि प्रहरीले विद्यार्थीहरूलाई तितरबितर गरेको थियो ।
त्यसपछि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए र प्रहरीले त्यहाँ पनि विद्यार्थीहरूलाई लखेटेर तितरबितर गरेको थियो । त्रिभुवन हनुमान माविमा बिहान ११ बजेसम्म शान्तिपूर्ण तरीकाबाट परीक्षा सम्पन्न भएको थियो । १ बजेपछि विद्यार्थीको एक समूह परीक्षा दिन तयार भएको र अर्को पक्ष कोरोनाको कारण परीक्षा लिन नहुने भनी विरोधमा उत्रेको थियो ।