कोरोना संक्रमण बढी रहन्दा बीरगन्ज महानगर शिक्षा शाखा विधार्थीको जिवन सित खेलवाड गर्दै, समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको डाक्टर- दास
वीरगन्ज २८ पुस
वीरगन्ज महानगरपालिका शिक्षा शाखाले माघ ७ गते पछि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिधालय हाल बन्द न गर्ने निर्णय को नकारात्मक टिका टिप्पणी हुन थालेपछि आफु जोगिन विद्यालयहरूको बैठक बसेर माघ ७ गते पछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
वीरगन्ज महानगरपालिकाले परिक्षा को बहाना गर्दै विधार्थीहरूको जिवन सित खेलवाड गरेको देखिएको छ । यस वर्ष निषेधाज्ञा ले ढिलो नयाँ शेक्षिक सत्र संचालन भाए पनि वीरगन्ज महानगरपालिका भित्रका लगभग सबै समुदायिक तथा संस्थागत विद्यालयहरूमा अर्ध वार्षिक परिक्षा सम्पन्न भै सकेको छ ।
केही दिन देखी बीरगन्ज क्षेत्रमा दैनिक रूपमा कोरोना संक्रमित बढ्दै गएको छ । बुधवार मात्र बीरगन्ज मा ५१ जनामा कोरोना पोजेटिभ देखा परेको छ । अस्पताल र क्लीनिक मा आउने विरामीहरु मा कोरोना को लक्षण अधिकाश विरामहरूमा देखा परेको डाक्टर सरोज रंजन दास ले बताउनुभयो । विरामीहरु पिसिआर परिक्षा गराउन आनाकानी गर्ने गरेको समुदाय स्तरमा कोरोना संक्रमित फैलिने सम्भावना बढ्दै गएको डाक्टर दास ले बताएका छन् ।
डाक्टर दास का अनुसार अहिले को समय केही दिन का लागि भए पनि विद्यालय बन्द गर्ने सरकार को निर्णय सकारात्मक रहेको उनले बताए छन् ।
होटल, रेस्टुरेन्ट , सिनेमा घर , भिडभाड हुने कार्यलयहरूमा सतर्कता अपनाउन एकदमै जरूरी भएको नत्र वीरगन्ज फेरि हट स्पट बन्न सकिने बताएका छन् ।
देश भरी का विधालय माघ १५ सम्म बन्द भैसक्दा पनि बीरगन्ज महानगर को शिक्षा शाखा ले बिधालय अहिले बन्द नगर्ने निर्णय को आलोचना भै रहेको छ । पर्सा जिल्लामा पनि वीरगन्ज महानगरपालिका बाहेक करिब सबै पालिका मा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।