Publi Readers
All about truth & reality in surrounding & in universe.

नेपाल विद्युत प्राधिकरण वीरगन्ज बितरण को खपत बढ्यो

171

वीरगन्ज २७ पुस

विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रमा गत वर्षको तुलनामा यस वर्ष ४६.९९ प्रतिशतले विद्युत्को खपत बढेको छ ।

चालू आव २०७८/७९ को पाँच महीना अर्थात् साउनदेखि मङ्सिरसम्ममा गत आवको सोही अवधिभन्दा ४६.९९ प्रतिशतले विद्युत् खपत बढेको नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झाले बताए । उनले गत आवको पाँच महीनामा १४ करोड २० लाख ४३ हजार ९०१ युनिट विद्युत् खपत भएकोमा चालू आवको पाँच महीनामा २० करोड ८७ लाख ९४ हजार ६६४ युनिट विद्युत् खपत भएको प्रमुख झाले बताए ।

चालू आवको मङ्सिरसम्ममा खपत भएको युनिट बराबर एक अर्ब ९७ करोड एक लाख २५ हजार ९४१ रुपैयाँ महसूल उठेकोमा एक अर्ब ८३ करोड ८९ लाख ८७ हजार ७७८ महसूल सङ्कलन भएको प्रमुख झाले बताए ।

 

चालू आवमा वितरण केन्द्रले सिङ्गल फेज लाइनका ४० वटा विद्युत् चुहावटका घटनामा रु तीन लाख ९६ हजार ८५० जरिवाना असुल गरेको छ । यसैगरी, चालू आवमा ७८८ जनाको विद्युत् बक्यौता बाँकी रहेकाले लाइन काटिएको र मङ्सिर महीनासम्ममा ७१३ जनाले बक्यौता महसूल रु आठ करोड ४४ लाख ३८ हजार २१३ बुझाएपछि उनीहरूको लाइन जडान गरिएको प्रमुख झाले बताए । प्रमुख झाले यो अवधिमा १२ जनालाई कालोसूचीमा राखिएको र उनीहरूबाट रु सात लाख तीन हजार ३८१ असुल गर्न बाँकी रहेको प्रमुख झाले बताए ।

 

चालू आवको मङ्सिर महीनासम्ममा कुल बक्यौता रकम रु २ अर्ब ३४ करोड आठ लाख ५१ हजार ४८५ उठाउन बाँकी रहेको उनले बताए । यो बक्यौता रकममा महानगरपालिकाको दायित्व रहेको सडकबत्तीबापत रु १३ करोड ९६ लाख ६९ हजार ९१० बाँकी रहेको प्रमुख झाले बताए । उपभोक्ता समितिहरूबाट रु एक अर्ब ४७ करोड १६ लाख ६१ हजार ९१ असुल हुन बाँकी छ । यी दुईबाहेक रु ७३ करोड ६७ लाख २० हजार ४८२ बक्यौता उठाउन बाँकी छ ।

 

यस आवमा प्रतिदिन रु एक करोड २८ लाख ७६ हजार ६४० बराबरको विद्युत् बिक्री गर्दै आएको उनले बताए । प्रमुख झाले कोरोनाको पहिलो र दोस्रो कोरोना लहरका कारण तत्कालीन अवस्थाको सङ्क्रमण र निषेधाज्ञा आदिका कारण कर्मचारीहरू परिचालन गरी महसूल उठाउने अवस्था नभएकोले महसूल सङ्कलन दर घटेको भएपनि अहिले सो कार्यलाई तीव्रता दिएको उनले बताए ।

कर्मचारी सक्रिय भएसँगै कोरोनाको तेस्रो लहरको त्रासले महसूल सङ्कलन पुनः प्रभावित हुन थालेको उनले बताए । अहिले जोखिमपूर्ण काम गराउन कर्मचारीहरूलाई नसकिएको र सबैमा कोरोनाको त्रास कायमै रहेकोले सतर्कता अपनाएर जोखिममुक्त काममा मात्र कर्मचारी परिचालन गर्न थालिएको बताए ।

संभार :- प्रतिक दैनिक

Leave A Reply

Your email address will not be published.