Publi Readers
All about truth & reality in surrounding & in universe.

पर्सा जिल्ला अपराध को घन्टा बढदै , दुई दिनमा तिन वटा शव फेला, मानिस मा त्रास बढदै

170

वीरगन्ज २४ पुस

पर्सा जिल्ला मा विगत दुई दिन मा ३ जना मृत अवस्थामा फेला परेको छ । वीरगन्जमा शनिवार थप एक जना बालिका मृत अवस्थामा मा भेटिएको छ । शुक्रवार विहान ११:४५ बजे वीरगन्ज महानगरपालिका वाडा नं १६ कंचनजंघा नजिक नयाँ निर्माणाधिन घरको उत्तरपट्टीको चेपमा करिब १० वर्ष को बालिका मृत अवस्थामा फेला परेको छ ।मृतक वीरगन्ज महानगरपालिका वाडा नं १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुश्‍वाहाको छोरी करिब ८/१० वर्ष कि रिजवाना खातुन हुन्। खातुन को निधारमा चोट लागेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा ले शंकास्पद ३ जना लाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता ओम प्रकाश खनाल ले बताउनुभयो ।

दुई दिन मा पर्सा जिल्लामा २ बालक र एक जना युवा मृत अवस्थामा फेला परेको छ । यसले पर्सा जिल्लामा अपराध को घटना वृद्धि भएको छ ।

Leave A Reply

Your email address will not be published.