वीरगन्ज महानगरपालिका वडा नं १ मा कर्मचारी ढिलासुस्ती को विरोधमा यूवा ले गरे प्रदर्शन , जन्मदर्ता बनाउन १५ दिन लाग्छ सेवाग्राही को आरोप, भिडियो सहित
वीरगन्ज २३ पुस
बीरगन्ज महानगर पालिका वडा न १ समिति कार्यालय को कर्मचारीहरु को ढिलासुस्ती तथा सेवाग्रहीलाई दुख दिने गरेको विरोध मा शुक्रवार वडा नं १ का कार्यालय मा स्थानिय यूवाहरूले बिरोध प्रदर्शन गरेका छन्।
कार्यालय मा कर्मचारीहरू ले एउटा सिफारिस गराउन आएका व्यक्ति लाई दुई देखि तिन दिन सम्म झुलाउने गरेको स्थानीय सेवाग्राही को आरोप छ । एक जना सेवाग्राही का अनुसार आफु छोरा को जन्मदर्ता बनाउन लाई पन्द्र दिन देखि धाई रहेको तर अभै बन्न नसकेको बताएका छन् । वाड कार्यालय मा चैहदी प्रमाणित तथा बिधुत जडान लागि राकेश कुमार साह एक हप्ता देखि वाडा कार्यालय मा धाउदा अजै सिफारिस हुन नसकेको बताएका छन् ।
महानगरपालिका ले वाड नं १ मा ७० वर्ष भन्दा माथि २०० जना का लागि कम्वल ,सल , टर्च पठाएको पनि वडा अध्यक्ष मनोज गुप्ता तथा सचिव को गैर जिम्मेवारी का कारण बितरण हुन न सकेको बृद्ध वृद्धाहरूले बताएका छन् ।
वडा अध्यक्ष को गैर जिम्मेवारपुर्ण रबैया को बिरोध मा भएको प्रदर्शन मा नेकपा एमाले वडा न १ का नेता तथा कार्यकर्ताहरु ले समर्थन गरेका थिए । वडा मा नियमित रुपमा सरसफाइ नभैरहेको तथा ढिलासुस्स्ती एवम् लापरवाही को बिरोध मा हाम्रो साथ र समर्थन रहेको नेकपा एमाले महानगरपालिका कमिटी सदस्य बिरेन्द्र कन्ठ ले बताउनुभयो । उहाँ ले आज ध्यानाकर्षन गराएका छौ न सुध्रीए वडा कार्यालय मा तालाबन्दी गरीने चेतावनी दिनु भयो ।
सचिव बिदामा भएको र आफु बिहान देखि नै जनता कै सेवामा झैझगडा, आपसी मेलमिलाप लगाएतका काम मा व्यस्त हुने भएकाले अलि समस्या भएको र वडा सचिव आए लगतै महानगरपालिका ले पठाएको समान बितरण गरिने वाडा अध्यक्ष मनोज गुप्ता ले बताएका छन् ।