Publi Readers
All about truth & reality in surrounding & in universe.

माधव पक्षीय नेताको सहभागितामा एमाले स्थायी कमिटी बैठक आज

174

काठमाडौँ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्दै छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् । उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ । सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।

सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने र पार्टीलाई गतिशील बनाउने समझदारी भएको थियो ।

Leave A Reply

Your email address will not be published.