Publi Readers
All about truth & reality in surrounding & in universe.

गाईजात्रा विशेष कार्यक्रम: हाँस्यकलाकारले यसरी उडाए नेताहरुको खिल्ली

275

काठमाडौँ: आज गाईजात्रा । नेपालका नेवार समूदायहरुको बाहुल्यता रहेका विभिन्न ठाउँमा धुमधामसँग गाइजात्रा मनाइएको छ ।

यसै अवसर पारेर सोमवार रिपोर्टर्स क्लव नेपालमा गाईजात्रा विशेष कार्यक्रम मनाइएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा साहित्यकारहरुले आफ्ना व्यंग्यात्मक रचना र प्रस्तुति दिएर गाईजात्रा मनाएका छन् । कलाकारहरुले देशको पछिल्लो स्थिती, राजनीति, समसामयिक विषय र नेताहरुको नक्कल ( क्यारिकेचर) गरेर गाईजात्रा मनाएका छन् । कलाकारहरुले देशको राजनीतिक, समसामयिक र विषयमाथि व्यंग्य गरेका छन् ।

कार्यक्रममा किरण केसी, दमन रुपाखेती, श्रीकृष्ण सिम्खडा, राजा राजाराम पोखरेल, लक्ष्मण गाम्नाङे, शिवशंकर रिजाल लगायतका कलाकारहरु उपस्थित थिए । उनीहरुले नेपालमा वर्षदिन नै राजनीतिमा गाईजात्रा भएकोले यो गाईजात्रा फिक्का भएको व्यंग्य गरेका थिए । उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मानिस र गाईलाई गाई जस्तै गरी सिँगारेर शहर परिक्रमा गरे वर्ष दिन भित्र दिवंगत भएका आफन्तहरुले वैतरणी नदी पार गर्ने मान्यता अनुसार गाईजात्रा मनाइँदै आइएको छ । आजका दिन देशभरका विभिन्न स्थानमा रमाइलो कार्यक्रम गरेर र हास्यव्यंग्य गरेर गाईजात्रा मनाउने गरिन्छ ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । गाईजात्रा पर्वको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.