सिमा नाका मा हुन सकेन कडाइ, ओमिक्रोन फैलिने सम्भावना बढ्दै
वीरगन्ज १६ पुस
पर्सा जिल्ला कोरोना को तेस्रो भेरियन्ट ओमिक्राँन को पुनः हटस्पट बन्न सक्ने उच्च संभावना देखिएको छ । भारतमा अहिले ओमिक्राँन फैलिसकिएको छ । सिमा नाका मा उच्च सतर्कता न अपनाइएका कारण वीरगन्ज फेरि हटस्पट बन्न सकिने देखिन्छ ।
भारतबाट डिसेम्बर २३ तारिक देखि नै क्रिसमस डे र अंग्रेजी नव वर्ष मनाउने भारतीय पर्यटकहरूको भिड बढेको छ । भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटक को नेपाल सरकार ले गाईड लाईन बनाएको छ । तर नेपाल कै प्रमुख प्रवेशद्वार वीरगन्ज शंकराचार्य गेट त्यो लागु हुन सकेन देखिदैन ।
वीरगन्ज महानगरपालिका ले शंकराचार्य गेट छेउमा हेल्थ डेस्क स्थापना गरेको २ वर्ष भैसकेको छ तर उचित जनशक्ति सिमा नाका मा नपाठाए का कारण भारत तथा तेस्रो मुलुक बाट आउने पर्यटकलाई एन्टीजेन टेस्ट गर्न सकिएको देखिदैन । वीरगन्ज महानगरपालिका सिमा नाका मा ५ जना हेल्थ असिस्टेन्ट , ५ जना सवेव टेस्ट गर्ने व्यक्ति ,२ जना स्टाफ नर्स २ जना सहयोगी, १ जना MBBS डाक्टर डाक्टर खटाइएको छ । १५ जना स्टाफ लाई ३ सिफ्ट मा खटाएको छ । तर हेल्थ डेस्क मा २ जना महानगरपालिका कर्मचारी, १ जना नेपाल प्रहरी र १ जना सशस्त्र प्रहरी को प्रतिनिधि बाहेक कोई भेटिदैनन ।
सिमा क्षेत्रमा MBBS डाक्टर राखिएको छ तर उनी हेल्थ डेस्क मा उपस्थिति नरहने गरेको एक जना कर्मचारी ले बताएका छन् । खटिएका डाक्टर महानगरपालिका का पूर्व स्वास्थ्य शाखा प्रमुख अरूण महतो को आफन्त रहेको बताए ।
एक जना कर्मचारी का अनुसार विहान ६ देखि बेलुका ६ बजे सम्म एन्टीजेन टेस्ट गरिन्छ । तर त्यस्तो भएको देखिदैन बिहान १० देखि ११ बजे सम्म र बेलुका ५ देखि ६ बजे सम्म जम्मा २ घन्टा परिक्षा हुन गरेको एक जना कर्मचारी ले बताएका छन्। भारतीय का दिल्ली , मुम्बई , चेन्नई लगाएत का ठाउँ बाट मध्य राति ट्रेन रक्सौल स्टेशन आई पुग्छ । तर ति ठाउँ बाट आएका नेपाली नागरिक तथा भारतीय नागरिक लाई सिमा मा एनटिजन टेस्ट गर्न सकिएको छैन । यस हप्ता मा मात्र ८ जना पोजेटिभ व्यक्ति पोजेटिभ निस्किएको छ ।
पोजेटिभ निस्किएको व्यक्ति लाई व्यवस्थापन गर्न निकै समस्या हुने गरेको हेल्थ डेस्क का प्रवक्ता मोहम्मद सेनुला हवारी ले बताउनुभयो ।
भारतीय बाट आएका भारतीय नागरिक लाई पोजेटिभ निस्किए पछि त्यसको जिम्मा दुवै देशका प्रसासन ले जिम्मेवारी लिन बाट पन्छिने गरेको बताएका छन् ।
हेल्थ डेस्क संचालन गरे पछि महानगरपालिका ले समय मा औषधि तथा सेनिटाईजर तथा तथा जनसक्ति उपलब्ध गराउन न सकेको आरोप लगाएका छन् । विभिन्न देशबाट आउने नागरिक हरूलाई सिमा नाका मा चेकजाँच गरिरहदा सरकारले अहिलेसम्म आफ्नो भाता समेत नदिएको बताएका छन् ।