Publi Readers
All about truth & reality in surrounding & in universe.

तालिवानले दियो अमेरिकालाई चेतावनी, ३१ अगस्तसम्म सबै सेना फिर्ता नलगे ठूलो परिणाम भोग्नुपर्छ

170

काठमाडौँ । तालिबानले ३१ अगस्तसम्म आफ्नो सबै सेना फिर्ता लैजान भन्दै अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाले यसै अगस्त ३१ सम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता लैजाने घोषणा गरेको थियो ।
तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्तसम्म आफ्ना सबै नागरिक फिर्ता लैजान नसके सेना फिर्ता लैजाने मिति पनि लम्बिन सक्ने बताएका थिए । यसबीच तालिबानका प्रवक्ता सुहेल शाहीनले ३१ अगस्तभित्र सबै सेना फिर्ता लगिसक्न भन्दै चेतावनी दिएका हुन् ।
दोहामा स्काइ न्युजसँग बोल्दै तालिबानका प्रवक्ता शाहीनले भनेका छन्, ‘अगस्त ३१ डेड लाइन हो । राष्ट्रपति बाइडेनले यो मितिमा सेना फिर्ता लगिसक्ने छन् । बेलायत या अमेरिकाले आवश्यकताबिना सेना फिर्ता लैजाने मिति लम्ब्याउन खोजेमा त्यहाँ यसको परिणाम ठूलो हुनेछ ।’

Leave A Reply

Your email address will not be published.