Publi Readers
All about truth & reality in surrounding & in universe.

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो : देउवा र पौडेलले प्रतिवेदन बुझे

166

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ। सोमबार साँझ क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी रहेका समस्या समाधान गरेको छ। योसँगै कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगो लागेको हो।

क्रियाशील छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र समायोजनका बिषयमा शिर्ष नेताबीच सहमति नहुँदा नेतृत्व तहमा पठाएको थियो। छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो। उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउने समय दिएको भएपनि समितिले सहमतिको बाटो तय गर्न सकेको थिएन।

विवाद समाधान भएसँगै नेताहरुले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई सोमबार साँझ प्रतिवेदन बुझाएका छन्। 

समायोजनको मुख्य मुद्दाले क्रियाशील समस्या गाँठो परेको थियो। छानविन समितिका सदस्य डा. मिनेन्द्र रिजालले भने, ‘केही मापदण्डका आधार तय गरेका छौँ। मापदण्डअनुसार अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाले पनि क्रियाशील सदस्यता पाउने गरी विवाद अन्त्य भएको छ।’

Leave A Reply

Your email address will not be published.