Publi Readers
All about truth & reality in surrounding & in universe.

थारु कल्याणकारी पर्साद्वारा थरुहट आन्दोलनमा फसाईएका रेशम चौधरीलाई रिहाई गराउँन एकजुट हुन आवश्यक

269

थारु कल्याणकारिणी सभा पर्साले ऐतिहासिक थरुहट थरुवान बिद्रोह टिकापुर घटना र अगामी कार्यदिशा बिषय अन्तरक्रिया कार्यक्रम पर्साको पर्सागढी नगरपालिकाका सम्पन्न गरेको छ । कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य बृजमोहन चौधरीले टिकापुरका घटना बारे बिस्तृत जानकारी गराएका थिए ।
थारु उन्मुक्तिको लागि भएको ऐतिहासिक आन्दोलनमा थारु समाजका अगुवा माननीय रेशम चौधरीलाई छुट्याउन थारु सामाज जागरुक हुनुमा पर्नेमा उनले जोड दिए । उनले भने, आफनो अधिकारको लडाई लड्दा राज्यले हत्याको आरोप लगाउँदै रेशम चौधरीलाई फसाएको छ, उनलाई छुट्याउँन देशभरीका थारु समाज एकजुट भएर अवाज उठाउनु पर्छ ।
कार्यक्रममा सभाका केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार थारुले मन्तव्यमा पर्साका थारु दाजु भाईहरु आफनो पहिचान र अधिकारको लागि जागरुक हुन समय आएको बताए । थारु कल्याणकारिणीका प्रतिनिधिहरु समेत सक्रिय नभए आफनो अधिकार सुनिश्चित हुदैन त्यसैले आ आफनो स्तरबाट अवाज उठाउँनु पर्नेमा जोड उनले दिए ।
थारु कल्याणकारिणी सभा पर्साको उपाध्यक्ष रामेश्वर महतो थारुको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पर्सागढी नगरपालिका २ का वडा अध्यक्ष बेदमन दास थारु, थारु कल्याणकारिणी सभा केन्द्रीय पार्सद महेन्द्र चौधरी, पर्साका सचिव भागवत प्रसाद थारु, कोषाध्यक्ष राजु प्रसाद थारु, बालकृष्ण चौधरी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.