Publi Readers
All about truth & reality in surrounding & in universe.

माधव नेपालको पार्टीले ६ मन्त्रालय पाउने पक्का- कोको बन्दैछन् मन्त्री ?

174

माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारीमा छ ।
माधव नेपाल नेतृत्वको पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा गठबन्धनमा छलफल भइरहेको छ । स्रोतका अनुसार माधवको नयाँ पार्टीले ६ मन्त्रालय पाउने पक्का भइसकेको छ ।
निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नेछन् ।
देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा रहेको छ ।
स्रोतका अनुसार नेता नेपालले वेदुराम भुसाललाई आफ्नो दलको तर्फबाट नेतृत्व गर्दै सरकारमा पठाउने भएका छन् । भुसाल राष्ट्रिय सभा सदस्य हुन् ।
भुसालसँगै अर्का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको नाम पनि चर्चामा रहेको छ ।
माधव नेपाल एमालेमा रहँदा देउवालाई विश्वासको मत दिएका थिए ।
एमालेमा विवाद कायम रहँदा सरकारमा सहभागी हुने विषयमा माधव समूहले निर्णय गर्न सकेका थिएनन् । अहिले नयाँ पार्टी गठन गरेसँगै सरकारमा जाने बाटो खुलेको हो ।

कुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारीमा छ ।

Leave A Reply

Your email address will not be published.