Publi Readers
All about truth & reality in surrounding & in universe.

अबैधानिक कर आसुल्ने महानगर विरुध वीरगञ्ज उद्योग वाणिज्य संघले मुदा हाल्ने तैयारी

221

वीरगञ्ज ७ भदौ । गैरकानूनी करको संज्ञा दिँदै पटक–पटक व्यवसायीले महानगर, स्थानीय प्रहरी प्रशासन तथा माथिलो निकायको ध्यानकष्र्ण गराउँदै आए तापनि महानगर गम्भीर नबनेकोले अदालत जनकपुरको आास्थायी इजलास बीरगञ्जमा मुदा हाल्ने तैयारी गरेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

संघको कर समिति संयोजक सुरेश रुँगटाका आनुसार केही दिनमा आदालतमा मुदा हालेर अबैधानिक कर आसुल्ने महानगरको रवबैयाप्रति अंकुश लगाउने बताए । महानगरले केन्द्र सरकारले बनाएको सडक भएर गुड्ने सगारीसाधनसँग पटके सवारीकर सरह नै सवारी व्यवस्थापन कर आसुल्दै आएको छ ।

चालू आव २०७८÷७९ को लागि आश्रय निर्माण सेवा वीरगञ्जले ६ करोड ६१ लाखमा सवारी व्यवस्थापन करको ठेक्का लिएको छ । गत आवमा ५ करोड ९० लाखमा सवारी व्यस्थापन करको ठेक्का नागेको थियो । ठेकेदारले अहिले वीरगञ्ज महानगरका करीब एक दर्जन स्थानमा ढाठ खडा गरी एउटा गाडीसँग एकपटकको लागि ३ सय देखि साढे तीन सयसम्म शुल्क लिने गरेको छ ।

बीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार आहिले चार चक्के, छ चक्के देखि २२ चक्केसम्स ट्रक, ट्याम्टर, बस, जीप, भ्यान तलगायतका सबारी साधनसँग कर असुलिरहेको बताए ।

बीरगञ्जको ड्राइपोर्ट गेट, हरपतगंज, बीरगञ्ज भन्सार पुरानो गेट, आइसिपी गेट, पदम चोक, गण्डक नहर, जगरनाथपुर, रजतजयन्ती चोक, भिस्वा चोक, रेल्वे लाईन सडक (इनर बाइपास) लक्ष्मनवा नहर, मिलन चोक, रानीघाट पुल लगायतका ठाउँमा ठेकदारका कर्मचारी खटेर कर असुलिरहेका छन् ।

यता वीरगन्जको अलौ सिर्सियास्थित एकीकृत जाँच चौकी आईसीपीमा मालसामान ढुवानी गरेर नेपालबाट फर्किएका भारतीय ट्रक चालकसँग यता वीरगन्ज महानगरपालिकाका ठेकेदारले जबरजस्ती शुल्क लिने गरेका छ । एकीकृत जाँच चौकी भन्सार कार्यालयबाट भारततर्फ जाने खाली गाडीलाई आईसीपीको गेट बाहिर वीरगन्ज महानगरपालिकाको पटके कर लिन बसेका ठेकेदारका कर्मचारीले जबरजस्ती शुल्क लिरहेका छन ।

Leave A Reply

Your email address will not be published.