Publi Readers
All about truth & reality in surrounding & in universe.

काँग्रेसमा क्रियाशील सदस्यता विवाद अझै टुङ्गिएन

274

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद झन पेचिलो बन्दै गएको छ । विवाद बढ्दै जाँदा जिल्ला सभापतिहरूले मङ्गलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बस्ने चेतवनी दिएका छन् ।
महाधिवेशन समयमा नगरेको, तोकिएको समयमा पनि महाधिवेशन गर्ने वातावरण पार्टी नेतृत्वले नबनाएको, वडा तहबाट सिफारिस भएर आएका सदस्यतालाई हटाएर केन्द्रबाट मनोमानी ढङ्गबाट सदस्यता थप गरेको, पार्टी नेतृत्व नै विवादित सदस्यताका विषयमा समाधान खोज्न र विकल्पमा जान तयार नभएको, विधानमा भएको व्यवस्थालाई इन्कार गर्दै अघि बढेको लगायतका मागसहित काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूले मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गर्ने भएका हुन् ।
काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीले मुख्य तीन मागसहित आफूहरू नेतृत्व विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्न लागेको जानकारी दिए । ‘पहिलो, पटक पटक महाधिवेशन सारिएको छ, विधि विधानको पालना हुनु पर्छ, सदस्यता वडाबाट जिल्ला हुँदै सिफारिस भएर आएकालाई मान्यता दिनु पर्छ, केन्द्रबाट थपिएकालाई मान्न सकिँदैन, यस्तै जिल्ला सभापतिका लागि विधानले तोकेको मापदण्ड सबैलाई समान र एकरूपता हुनु पर्छ, यही मागसहित हामी धर्नामा बस्दै छौँ,’ काँग्रेस नुवाकोटका सभापति केसीले भने ।

Leave A Reply

Your email address will not be published.