Publi Readers
All about truth & reality in surrounding & in universe.

सबै प्रकारको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

256

काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
नियमले सोमबार राति १२ बजेदेखि खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ । अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ ।

Leave A Reply

Your email address will not be published.