Publi Readers
All about truth & reality in surrounding & in universe.

काठमाडौं महानगरका प्रमुख–उपप्रमुख विद्यालय शिक्षा प्रवर्तकका रूपमा सम्मानित

175

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ विद्यालय शिक्षा प्रवर्तकका रूपमा सम्मानित भएका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उनीहरूलाई सम्मान गरेको हो । सम्मानमा स्थानीय भाषाका रूपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रूपमा अभिनन्दन गरिएको उल्लेख छ ।
यसैगरी महानगरले विद्यालयको भौतिक, वातावरणीय र शैक्षिक सुधारका लागि गरिएको कामहरू उल्लेख गरिएको छ । सम्मान ग्रहण गरिसकेपछि बोल्दै प्रमुख शाक्यले स्वास्थ्यर शिक्षा क्षेत्रको विकासका लागि महानगरले लगानी बढाएको उल्लेख गरे । ‘अहिले गरिएका कामलाई क्रमशः बढाउँदै लैजानुपर्छ । आशा रोकियो भने विकास पनि रोकिन्छ । अहिले कामको थालनी भएको छ । यसलाई विस्तार गर्दै जानु पर्छ भन्नेमा सबैको सोच हुनुपर्छ ।’
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौंको पहिचान नेपालभाषासँग जोडिएकाले यसलाई जोगाउन नेपालभाषी अभिभावकले आफ्ना सन्तानलाई भाषा सिकाउनुपर्ने बताइन् । ‘महानगरले स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा अध्यापन थालनी गरेको छ । यो रोकिँदैन । बरु विस्तार भएर जान्छ’ कार्यक्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, सामुदायिक विद्यालयहरू प्रतिस्पर्धी हुँदै गएको उल्लेख गरे भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले थालिएका कामबाट उचित प्रतिफल लिन शिक्षक प्रोत्साहनका काम गर्दै जानुपर्ने खाँचो देखाइन् ।

Leave A Reply

Your email address will not be published.