Publi Readers
All about truth & reality in surrounding & in universe.

खोप अभियान मा कहाँ कहाँ लिन सकिन्छ खोप । ( सुचि सहित ) 

259

बीरगन्ज, २१ मंसीर

पर्सा मा २३ गते देखी २५ गते सम्म विशेष खोप अभियान हुने भएको छ । १८ वर्ष माथिका सबैलाई खोप दिईने तयारी गरीएको स्वास्थ कार्यालय को अधिकृत जयमोद ठाकुर ले जनाउनु भएको छ। खोप लिन बाँकी रहेका १८ वर्ष उमेर भन्दा माथिका सबै का लागि जिल्लामा १ सय २९ वटा खोप केन्द्र हुनेछ।

कहाँ कहाँ लगाउन सकिन्छ खोप ।

खोपवीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राईपोर्ट चोकमा पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्ने गरि तयारी गरिएको छ । वीरगञ्ज विर्ता स्थित नारायणी सेन्ट्रल हस्पीटलमा आईतबार, गण्डक स्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मंगलबार र वीरगंज घन्टाघर लिंकरोड स्थित भवानी हस्पीटलमा बिहिबार भेरोसिलको पहिलो वा खोप कार्डको आधारमा दोस्रो मात्रा खोप सेवा लिन सकिने गरि स्वास्थ्य कार्यालय पर्सा र वीरगंज माहानगरपालिकाको समन्वयमा व्यवस्था मिलाइएको छ । सबै स्थानिय तह मा खोप केन्द्र रहेको छ ।

भेरोसेल सिनोफार्म खोपको पहिलो मात्रा वा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपको समेत सुनिश्चितता भईसकेको छ । त्यसैले अभियानमा भेरोसेल सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि खोप प्रदान गर्ने गरि तयारी गरिएको छ । गर्भाअवस्थाको पहिलो त्रैमासिक पुगेकोलाइ सबै गर्भवतीलाई खोप दिईने छ । खोप अभियान सफल बनाउन स्थानीय तहलाई महिला स्वयंसेविकालाई घर घरमा पठाएर खोप लाग्दै गरेको बारेमा जानकारी गराउन आग्रह गरिएको छ । यसअघि भेरोसेल कोभिसिल्ड वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोस्रा मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिनेगरि व्यवस्था मिलाएको स्वास्थ कार्यालय ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.