Publi Readers
All about truth & reality in surrounding & in universe.

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

252

काठमाडौँ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको हो । उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रस्तावको विपक्षमा मत खसेन भने एक जना तटस्थ रहे । प्रमुख प्रतिपक्ष नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा सहभागी नभएका कारण सो प्रक्रियामै सामेल भएन । मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.