मैक आर इ टेम्पो को फ्री टेष्ट ड्राइभ बीरगन्ज मा
बीरगन्ज, ८ मंसीर
पेट्रोल इन्जीन कम्पनी मैक आर इ को टेम्पो को ३ दिवसीय फ्री टेष्ट ड्राइभ क्याम्प आज देखी बीरगन्ज क्षेत्र मा सुरु भएको छ । फ्री टेष्ट को पहिलो दिन बीरगन्ज को घण्टाघर मा मैक आर इ टेम्पो सयौ जनाले टेष्ट ड्राइभ गरेका थिए । बुधवार सिमरामा र विहीवार कलैया मा पनि फ्री टेष्ट ड्राइभ हुने संचालक विशाल कुमार शर्मा ले जानकारी दिनु भएको छ ।
बीरगन्ज को सकेन्ड वाइपास रोड होटल भिस्वा चौक मा रहेको विक्री कक्ष मा गुणस्तरीय सुलभ तरीका ले सबै प्रकार को टेम्पो पाइने संचालक विशाल कुमार शर्मा ले बताउनु भयो ।
एक दम आकर्षक डिजाईनमा ३९५ सिसिको पेट्रोल ईन्जीन वाला एकदमै बलियो टेम्पो मैक आर. ई. उपलब्ध रहेको शर्मा बताउनु हुन्छ । उहाँ ले मैक आर. ई. टेम्पोमा ६ जोड एक अर्थात ७ सित रहेको जानकारी दिनु भएको छ । मिथिला अटो का संचालक श्याम नारायण साह ले स्वरोजगारको उत्तम बिकल्प रहेको र मैक आर इ टेम्पो सबैका लागि उपयुक्त रहेको दावी गर्नु हुन्छ ।