जवाफदेही पत्रकारिता को लागि पव्लिक रिडर्स शुभारम्भ।
संचार क्षेत्र मा आएको क्रान्ति ले सूचना को पहुच दिनानु दिन सहज एवम् उपयोगी भएको छ । छापा, रेडियो, टेलिभिजन संगै न्यु मिडिया को रुपमा अनलाइन पोर्टल को मध्यम ले पत्रकारिता को विकास तिव्र गति मा भैरहेको छ । सूचना दिनु जति महत्वपुर्ण हुन्छ त्यती नै महत्व विश्वसनीयता र जवाफदेहिता को पनि हुन्छ ।
प्रेमराज मिडिया प्रा लि आज देखी पव्लिक रिडर्स नाम बाट पाठक , श्रोता र दर्शक हरु बिच प्रस्तुत भएका छौ । समाचार प्रकाशन र अडियो तथा भिडियो को मार्फत हामी विश्वसनीय र यथार्थपरक समाचार पस्कने छौ ।
विगत अढाई दशक बढी देखी पत्रकारिता मा क्रियाशिल म छापा, रेडियो र टेलिभिजन मा कार्य गर्दै आएको सबै पाठक , श्रोता र दर्शक हरु लाई सर्वविदित नै छ । नयाँ यो जिम्मेवारी वहन गर्दा विगत जस्तै साथ र सहयोग पाउने आपेक्षा गरेको छु ।
दिपावली , नेपाल सम्वत, चित्रगुप्त पुजा, मह पुजा र छठ महावर्व २०७८ को शुभकामना व्यक्त गर्दछु ।
महेश दास
अध्यक्ष एवम् प्रधान सम्पादक www.publicreaders.com
प्रेमराज मिडिया प्रा लि