Publi Readers
All about truth & reality in surrounding & in universe.

‘केवल तिमी भित्रै’ सिम्रन र कुन्साङको रोमान्स

337

गायक देब्स राई र गायिका कल्पना प्रङ्गेन राईको युगल स्वर रहेको गीत ‘केवल तिमी भित्रै’ सार्वजनिक भएको छ । माया प्रेमका कुरा व्यक्त गरिएको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । जसमा पदम साधना कुलुङको शब्द, चन्द्र श्रेष्ठको संगीत र दीक्षित पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा मोडल कुन्साङ बम्जन र सिम्रन पन्तको अभिनय देख्न सकिन्छ । मनि .के राईको कोरियोग्राफी रहेको भिडियो विनोद विनिरजरा राईको छायाँंकन र सम्पादन छ । भिडियो चक्र पुलामीले निर्देशक गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.