अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल फाइनल

काठमाडौं, ८ फागुन/ नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस नतिजासँगै नेपालले ६ अङ्क बटुलेको छ । चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे हुनेछ । त्यस्तै सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....