युवामा नकारात्मक सोच हावी– नगरप्रमुख सिंह

वीरगंज, २२ मंसिर । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले राजनीतिक नेतृत्वको स्वस्थ्य आलोचना गर्नुपर्ने बताएका छन् । शनिवार आयोजित सानो पाईलाको १८ औं स्थापना दिवस तथा छैठौं साधरणसभालाई सम्बोधन गर्दै मेयर सिंहले युवा पुस्तामा नकरात्मकताको सोच हाबी भएको दावी गरे । उनले जायज नाजायज सबै कुण्ठा फेसुबकमै पोख्ने गरेकोमा युवाहरु सजग हुनुपर्ने बताए । यसले समाजलाई सही बाटोमा नलग्ने बताए । आफुले चाहेको वा आफनो स्वार्थको हितमा भएन भने फेसबुकमा अरूलाई गाली गरेर कुण्ठा पोख्नु गलत हो ।’ अरूलाई अर्ति उपदेश दिन निक्कै सहज हुने तर त्यहि कूरा आँफुमा लागू गर्न गाह्रो हुने गरेको भन्दै मेयर सिंहले भने,‘ अरूलाई अर्ति उपदेश दिनुभन्दा पहिले त्यहि कूरा पहिले आँफैमा लागू गरेर अरूलाई अर्ति उपदेश दिदाँ राम्रो हुन्छ ।’ फेसबुकमा गाली गरेर मात्रै वीरगंज समृद्ध बन्न नसक्ने भन्दै मेयर सिंहले भने,‘यदि म मा त्रूटी छन् भने त्यो सच्याउन म तयार छु । मैले गरिरहेका काम कहिकतै कमजोरी भइरहेको छ भने सही सल्लाह र सुझाव मलाई आजको युवा पुस्ताले निरन्तर दिउन् भन्ने चाहन्छु ।’ राजनीति वा देशको नेतृत्व कसैलेपनि विरासतमा नपाउने भन्दै उनले त्यसका लागि लगनशील र धैर्य भएर जनताको विश्वास जित्नुपर्ने आवश्यक रहेको बताए ।वीरगंजलाई ‘बैेभव वीरगंज’ बनाउने आफनो अभियानमा साथ दिन उनले वीरगंजका युवा पुस्तालाई आहवानपनि उनले गरे । सानो पाइलाका अध्यक्ष सुदिप कुमार तामाङ लामाको अध्यक्षता तथा वीरगंजका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव,सानो पाइलाका संस्थापक कञ्चन झा, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल लगायतकाकोपनि सहभागीता थियो ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....