माघ २६ गतेदेखि चौथो परवानीपुर गोल्डकप हुने

वीरगंज, १९ मंसिर । माघ २६ गतेदेखि चौथो परवानीपुर गोल्डकप हुने परवानीपुर युथ क्लबले जनाएको छ । बुधवार क्लबको सम्पन्न बैठकले चौथो संस्करणको परवानीपुर गोल्डकप आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
अध्यक्ष अलि अख्तर आलमको अध्यक्षतामा परवानीपुर खेल मैदानमा बसेको बैठकले माघ २६ गतेदेखि गोल्डकप प्रतियोगिताको आयोजना गरिने निर्णय गरेको क्लबका अध्यक्ष आलमले जानकारी बताए । प्रतियोगिताको लागि आयोजक समिति गठन गरिने पनि जनाईएको छ ।

Live

Listen Live FM

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने.....