वीरगंजको मुख्य नालाको सफाईः वर्षायाममा वीरगंज डुब्दैन– नगरप्रमुख सिंह

वीरगंज, ६ वैशाख । वीरगंज महानगरपालिकाले मुख्य नाला सफाइलाई तीब्रता दिएको छ । वर्षायाम नजिकिंदै गर्दा र बजार डुबान हुनबाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो । छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ । महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरूप मुख्य नाला सफाई गरिएको बताउनु भयो । मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाइसमेत भइरहेको पनि उहाँले बताउनु भयो । महानगरका तीनवटा स्काभेटर र थप अर्काे चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम तिब्र पारिएको पनि उहाँले बताउनु भयो । स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको उहाँको भनाई छ । नाला सफाई कार्यको अवलोकन गर्नुहुँदै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिएपछि अब वीरगंज नडुब्ने बताउनुभयो । ‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रूपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘शहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।ु विगतदेखि नै सफाई गरिएकाले गएको दुर्ई वर्षदेखि वीरगंज डुबान मुक्त पारिएको बताउँदै उहाँले अहिले पनि मुख्य नालाको शुरूदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताउनु भयो । महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गर्नु भएको छ । ‘सरसफाईमा नागरिक सहभागीता जरूरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो,‘नागरिक सहभागीता जरूरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छाैैं, पटक–पटक अटेर गरिए कारबाई पनि गर्छाैं ।’ मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रूपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो । मुख्य नालाको निरन्त सफाईले विगत दुई वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

Live

Listen Live FM

राष्ट्रिय स्वतन्त्र पार्टीको छिपहरमाईमा वडा भेला सम्पन्न

वीरगंज, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ पालिका–४ को प्रथम भेला सम्पन्न सम्पन्न भएको छ । आज छिपरमाइको तुलसीबार्वामा.....

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....