वीरगंजको विवाद सुल्झाउन ५ बुँदे निर्णय

वीरगंज, ३१ चैत । हनुमान जमोत्सवका दिन शनिवार वीरगंजमा भएको दुर्ई फरक धर्म समुदायबीचको विवाद सहमतिमा टुंगिएको छ ।
आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको ११ घन्टाको लगातार बैठकपछि विभिन्न ५ बुँदे निर्णय गरी विवाद समाधान गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनाका दोषी पहिचान गरी २४ घन्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय भएको बताएका छन् । घटनामा घाइते भएकाहरूलाइ निःशुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिक स्थलहरूमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनै पनि राजनीतिक दलबाट हस्तक्षेप नहुने सहमति भएको प्रजिअ अर्यालले बताए ।
पाँच बुँदे सहमतिपत्रमा सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरूले हस्ताक्षर गरेका छन् ।
यसैगरी प्रजिअ अर्यालले शनिवार बेलुकीदेखि वीरगंजमा लगाइएको कफ्र्यु आइतवार राति १२ बजेसम्म निरन्तर रहने जानकारी गराएका छन् । उनले जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने बताए । राति १२ बजेपछि कफर््यु हटाएर केहि निश्चित क्षेत्रहरूमा निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको बताए ।
प्रजिअ अर्यालले शनिवारको घटनामा स्थिति नियन्त्रणमा लिन प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको जानकारी गराए । उनले नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएको जानकारी गराए ।
शनिवार हनुमानको जन्मोत्सवको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि दुई समुहबीच झडप हुँदा दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलमा क्षति पुगेको थियो भने ८ भन्दा बढी मोटरसाइकलमा आगजनी भएको थियो ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....