नेविसंघलाई समर्थन गर्न नेका, पर्साको आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र विद्यार्थीहरूलाई एकजुट भई नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई समर्थन गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्साले आग्रह गरेको छ । नेका पर्सा अध्यक्ष जर्नादन सिंह क्षेत्रीले आज पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका उम्मेदवार विकास मण्डल धानुकको नेतृत्वमा निर्वाचनमा जित सुनिश्चित हुने बताए । उनले तराई–मधेस क्षेत्रको सबैभन्दा पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसंघको विगतको विजयको इतिहासलाई स्मरण गर्दै विद्यार्थीहरूको संगठनप्रतिको स्नेह र वैचारिक आस्थाले यसपटक पनि जित सुनिश्चित हुने बताए । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा कृष्णप्रसाद भट्टराईले २०२७ सालमा स्थापना गरेको नेविसंघले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिका खेलेको बताए । विज्ञप्तिमा आन्तरिक प्रतिस्पर्धा र नेविसंघभित्रका केही स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिलाई स्वीकार गर्दै समितिले संगठनको जितलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई आग्रह गरेको छ। “कलम मसाल” झण्डालाई उच्च राख्न एकताको महत्वलाई जोड दिँदै सबै जिम्मेवार सदस्यहरूले यस कार्यमा योगदान गर्ने विश्वास नेपाली कांग्रेस पर्साले लिएको छ। विज्ञप्तिमा विद्यार्थीहरूको शैक्षिक र वर्गीय हितहरूको संरक्षण र संवद्र्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउने अभियानमा “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता” को आदर्श बोकेको नेविसंघलाई विजयी बनाउन सबै लोकतन्त्रवादी दाजुभाइ, दिदीबहिनी र विद्यार्थीहरूलाई नेपाली कांग्रेस पर्साले हार्दिक अपिल गरेको छ। ठाकुर राम बहुमुखी क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पर्सामा पहिलो पटक हुन लागेकोले यसलाई महत्वपूर्ण घटनाको रूपमा हेरिएको छ।उक्त पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष एवं मन्त्री जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेसका नेता प्रकाश उपाध्याय लगाएतका नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं नेविसंघका नेता तथा उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....