जुनियर टि–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

वीरगंज, २६ फागुन । नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री जीतेन्द्र सोनलले गरेका छन् ।
सोमवारदेखि वीरगंजको नारायणी रंगशालामा शुरु भएको टुर्नामेन्टको उद्घाटन गर्दै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरेसंगै अब प्रदेशमा खेलकुदप्रति सरकारले काम गर्न पाउने बताए । उनले मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउन खेलकुद मन्त्रालयलाई आह्वानसमेत गरे ।
सोनलले क्रिकेट खेल लोकप्रिय खेल भएको भन्दै यसप्रकारको प्रतियोगिताले नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनको केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव साह, उपाध्यक्ष बिनोद गुप्ता, कोषाध्यक्ष राजेश कुमार लिम्बू, वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई, सदस्यमा उतम गुप्ता, सोनालाल प्रसाद पटेल, शशिप्रकाश साह, सौकत अलि, तारा श्रेष्ठ, मुनिलाल यादव एवं प्रतियोगिताको संयोजक सन्तोष साहलगायतको सहभागिता थियो ।
प्रतियोगितामा नेशनल प्याब्सनमा आबद्ध १६ वटा विद्यालयका विद्यार्थीहरु भाग लिएका छन ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....