दोस्रो वीरगंज गोल्डकप: मच्छिन्द्र सेमिफाइनलमा प्रवेश

वीरगंज, २० फागुन । दोश्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लब प्रवेश गरेको छ । आर्दशनगर रंगशलामा आज भएको खेलमा एपिआई चर्च ब्वाइज युनाइटेड क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमीफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले बराबर गोल गरेपछि पाँच मिनेटको अतिरिक्त समयको अन्तिम समयमा मच्छिन्द्रका क्याप्टेन रेजिन सुब्बाले थप एक गोल गरेर जित दिलाए । मच्छिन्द्रको यो जितसँगै वीरगंज गोल्डकपको सेमीफाईनल समिकरण पूरा भएको छ ।
बुधवारको पहिलो सेमीफाईनल खेल वीरगंज युनाईटेड र नेपाल पुलिस क्बलबीच हुने आयोजकले जनाएको छ ।

Live

Listen Live FM

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने.....