वीरगंज रात्रिकालीन बैंकर्स लिग क्रिकेट प्रतियोगिता

वीरगंज, १९ मंसिर । वीरगंज बैंकर्स लिग क्रिकेट प्रतियोगिता वीरगंज–२४ रामगढवास्थित ज्ञानदा एकेडेमीको खेल मैदानमा शुरू भएको छ । नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा र ज्ञानदा एकेडेमीको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उदघाटन समारोह ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुल्स्यानको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले प्रतियोगिताको महŒवमाथि प्रकाश पारे । ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्रप्रसाद कोइरालाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए । कार्यक्रममा वीरगंज बैंक गु्रपका अध्यक्ष रोहिनी आचार्य, ज्ञानदा एकेडेमीका विनीत लोहिया, र अन्य अतिथिहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगितामा वीरगञ्जका विभिन्न १३ वटा बैंकले सहभागीता जनाएका छन् । उदघाटन दिनको खेलमा सिद्धार्थ बैंक र एनएमबी बैंकबीच प्रतिस्पर्धा भएको थियो । अन्य खेलहरूमा प्रभु बैंक र एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंक, सिटीजन बैंक र प्राइम बैंकबीच हुनेछ ।
रात्रिकालीन समयमा सञ्चालन हुने यो प्रतियोगिता साँझ ७ बजेदेखि शुरू हुनेछ । उदघाटन समारोहको सहजीकरण रामप्रसाद पाण्डेले गरेका थिए । कार्यक्रममा विभिन्न बैंकका कर्मचारी खेलाडी, ज्ञानदा एकेडेमी तथा नेशनल स्पोट्र्स एकेडेमीका पदाधिकारीहरूको उपस्थिति थियो ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....