सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् ।
आज वीरगंजमा ब्यानर, प्लेकार्डसहित प्रदर्शन गर्दै पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालीगढ संघले १० लाख रुपियाँभन्दा माथिका गरगहनामा मात्रै लाग्ने विलासिता करलाई हटाएर सबै मूल्यका गहनामा २ प्रतिशत भ्याट लगाइनु तथा हिरा र बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाइनु उपभोक्तामाथि अन्यायपूर्ण आर्थिक भएको जनाएको छ ।
संघले जारी गरेको विज्ञप्ति अनुसार सुनचाँदीका गरगहना नेपालमा विलासिता नभई परम्परा, संस्कृति, रीतिरिवाज तथा सामाजिक जीवनको अभिन्न हिस्सा हुन । त्यस्ता वस्तुहरूमा कर वृद्धि गर्नुले आम नागरिकको बचत र लगानीमाथि प्रत्यक्ष असर पार्ने जनाएको छ ।
संघले छिमेकी देश भारतको तुलनामा मूल्य वृद्धि अत्यधिक भएकाले यसले चोरीपैठारी र अवैध कारोवार बढ्ने खतरा पनि औंल्याएको छ। अहिले नै सुनको मूल्य आकाशिएको र बजार मन्दीमा रहेको अवस्थामा थप करले बजारमा झन् गिरावट ल्याउने स्पष्ट चेतावनी संघले दिएको छ।
विज्ञप्तिमा करको यस्तो बोझले लाखौं व्यवसायी, कालीगढ र मजदुरको जीविकोपार्जन संकटमा पर्नेछ, संघले भनेको छ, सरकारले यो निर्णय तत्काल पुनरावलोकन गर्नुपर्छ । सरकारको नयाँ कर नीतिले सुनचाँदी उद्योग र बजारमा पार्ने दीर्घकालीन प्रभाववारे पुनरविचार गर्नुपर्ने उल्लेख छ ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....