वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान सिंहले मिश्रलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मेयर सिंहले मिश्रको अनुभवले महानगरको सूचना प्रणालीलाई अझ पारदर्शी र जनमुखी बनाउन सहयोग पुग्ने बताए । नियुक्तिपछि प्रतिक्रिया दिंदै मिश्रले महानगर र जनताबीचको सम्बन्ध अझ घनिष्ठ बनाउने बताए । सूचना प्रवाहमा पारदर्शिता र समावेशिता बढाउँदै जनतामैत्री प्रणाली विकास गर्नु मेरो प्राथमिकता रहेको उनले बताए । विभिन्न सञ्चारमाध्यम र सामाजिक अभियानमार्फत जनसरोकारका विषयमा कलम चलाउँदै आएका मिश्रले महानगरपालिकाको सूचना प्रवाह व्यवस्थापन, सञ्चार समन्वय तथा नगरप्रमुखको जनसम्पर्क सुदृढ बनाउने बताए ।

Live

Listen Live FM

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

काठमाडौँ, २४ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित.....