टिपर र कार ठोक्किँदा बारामा दुई जनाको मृत्यु

बारा, ०५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा टिपर र कार ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैया जाँदै गरेको प्र२–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको बा. ०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्ई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया बस्ने वर्ष ४६ को नारायण हरी शर्मा र अर्का एक जना कार चालक रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको छ ।

Live

Listen Live FM

बालक हत्याको आरोपमा चारजना पक्राउ

रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का.....

राष्ट्रिय स्वतन्त्र पार्टीको छिपहरमाईमा वडा भेला सम्पन्न

वीरगंज, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ पालिका–४ को प्रथम भेला सम्पन्न सम्पन्न भएको छ । आज छिपरमाइको तुलसीबार्वामा.....

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....