ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

वीरगंज, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले बाराको विभिन्न स्थानबाट ३६७ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा बैशाख ४ गते राति ११ः४५ बजे इलाका प्रहरी कार्यालय सिमराले जीतपुर सिमरा उप–महानगरपालिका–३ बजनीमा हेटौडाबाट वीरगंज जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक चेक जाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा १९ पोका करीब ३०५ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ट्रक चालक जिल्ला मकवानपुर कैलास गा.पा.०४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जिल्ला मकवानपुर कैलास गा.पा.१० बस्ने वर्ष २७ को जीवन थोकर रहेको बारा प्रहरीले जनाएको छ । यसै गरी बैशाख ४ गते बिहान ईलाका प्रहरी कार्यालय प्रसौनीले प्रसौनी गा.पा. वडा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई २ किलो १४० ग्राम गाँजासहित पक्राउ गरेको छ । पवनले आफनै घरबाट गाँजाको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ । यसैगरी आज बिहान २ः३० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढले पचरौता न.पा. वडा नं. १ मुशहरीटोल स्थित मकैबारीबाट ६० किलो गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । टाउकोमा गाँजा बोकेर नेपालबाट भारत लगिरहेको अवस्थामा भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने वर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराएका छन् ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....