कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित

वीरगंज, ३० चैत । नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ ।
वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो ।
हनुमान जयन्तिको अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो ।
भोलिको रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइने छ । कर्फ्यु जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने आयोजक संस्था वीरगंज महानगरपालिकाले जनाएको छ ।
नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।
महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....