मधेस साहित्य महोत्सव चैत २२ गतेदेखि हुने

वीरगंज, २० चैत/ वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ चैत २२ र २३ गते हुने उत्कर्ष नेपालले जनाएको छ । मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले दुर्ई दिने ‘मधेस साहित्य महोत्सव’मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटिने बताए । महोत्सवमा तराई–मधेसका भोजपुरी, मैथली, अवधि, थारू, माडवारी, उर्दु, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जक लगायतले आ–आफना सृजना, कला, विचार र अनभुवहरू प्रस्तुत गर्ने बताए । मधेस साहित्य महोत्सवमा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरू सहभागी हुने उनले बताए । वीरगंजस्थित मधेस विश्व विद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उदघाटन सत्रपछि साहित्य सम्बन्धी विभिन्न सत्र, कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आयोजन समितिकी सदस्य सलमा खातुनले जानकारी दिइन् । चैत २३ गते सामुहिक किताब विमोचन, मधेसको लोककला, संस्कृति, भाषा, साहित्य सम्बन्धी विभिन्न सत्र र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना हुने उनले बताइन् । पत्रकार सम्मेलनमा संयोजक लाठले वीरगंजमा अब साहित्य र संस्कृतिको प्रवद्र्धन गर्दै नवीन विचारहरूको आदान प्रदान तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा,साहित्य,कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए । समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, उत्कर्ष नेपालकी सचिव अन्जु महतो, जय साह, जय यादव, विवेक कर्ण लगायतको सहभागिता थियो ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....